Saturday, May 11, 2013

फेसवुक लाईक पेज कसरी वनाउने ? एकाउण्टलाई पेजमा कसरी परिवर्तन गर्ने ? मर्ज पनी गर्न सकिन्छ ?


एको नाममा फेसवुक पेज वनाउने रहर छ तर कसरी वनाउने भनेर अलमलमा  परिरहनुभएको छ भने अव चिन्ता नलिनुस् । तपाईले सजिलै फेसवुक लाईक पेज वनाउन सक्नुहुन्छ ।

त्यतिमात्रै हैन आफ्नौ एकाउण्टलाई लाईक पेजमा Convert गर्न पनी सक्नुहुन्छ । अनि कहाँ फेरी त्यतिमात्रै होर दुई पेजलाई Merge गरेर एउटै Facebook Like Page वनाउन पनी सक्नुहुन्छ ।


सवैभन्दा पहिले कसरी लाईक पेज वनाउने ? 

~ लाईक पेज वनाउन चाहनेहरुको पक्कैपनी फेसवुक एकाण्ट त हुन्छ नै । फेसवुक लगईन गर्नुस । तपाईले हेर्दै आउनुभएको कुनै पेजको टाईमलाईनमा जानुस् । दाहिने दिशातर्फ Create a Page वटम देख्नुहुन्छ । कसैगरी त्यहाँ सो वटम भेट्नुभएन भने आफ्नै टाईमलाईनको सवैभन्दा तल (पुच्छार) मा फेसवुकले आफ्नो वारेमा लेखेको देख्नुहुन्छ ।  त्यहि पनी देख्नुहुन्छ । यी यस्तो :



माथि देखिएजस्तो पाउनुहुनेछ । कुन क्षेत्रसगँ सम्वन्धीत पेज वनाउन चाहनुहुन्छ ? Category छनोट गर्न सक्नहुन्छ । म भने Entertainment वाट पेज वनाउदैछु । पेजमा पनी "Movie " Category  राखेको छु र पेजको नाम  "अरुको नक्कल गरेर वनाएको नेपाली फिल्म त हेर्नै मन छैन" । 

यति गरिसकेपछि पढ्न जागर भए फेसवुक पेज वनाउदै गर्दा के गर्न हुन्छ/ हुदैन भनेर (Facebook Pages Terms) लेखिएको पाउनु हुनेछ । अहिल्य समय छैन पछि पढौला भन्ने लाग्छ भने चेकवस्कमा () टिक लाउनुस् र अघि वढ्नुस् ।

अव तपाईले आवश्यक जानकारी राख्न सक्नुहुन्छ । त्यस्तै  फोटो अपलोड गर्न सक्नुहुन्छ ।  एवं रितले  जानकारी पनी राख्दै जानुभयो भने सफलताका साथ फेसवुक पेज वन्दछ । 

एकाउण्टलाई पेजमा कसरी परिवर्तन गर्ने ?

फेसवुकले जो कुनै व्यक्तिलाई पाचँ हजारभन्दा वढी साथी वनाउन दिदैन । पाचँ हजार साथी भएपछि कि त Subscribe Button हाईलाईटमा राख्नुपर्छ  । हैन आफ्ना सवै साथीहरुलाई एउटै एकाउण्टमा एड् गर्न मिल्ने वनाउने हो भने Like Page मा जानुनै पर्ने वाध्यता छ । प्रोफाईल टाईमलाईनवाट कसरी पेज टाईमलाईनमा बसाई सर्ने त ? 


ध्यान दिनुस् *
तपाई आफ्नो प्रोफाईललाई फ्यान पेज वनाउदै हुनुहुन्छ । प्रोफाईलमा पहिल्य अपलोड भएका सम्पुर्ण फोटो तथा स्टाटस स्वतं Delete हुने हुदा महत्वपुर्ण भए पेजमा बसाई सर्नु अघाबै डाउनलोड गरेर सुरक्षित राख्नसक्नुहुन्छ ।

मैले डेमो देखाउदै गए भने मेरो प्रोफाईल पनी फ्यान पेजमा परिवर्तन हुने निश्चित छ । त्यसैले यसपछि भने माथि लाईक पेज वनाए जस्तै गरि Category  छुट्टाएर फोटो एवं आवश्यक जानकारी राख्दै अघि वढ्नुस् । अन्तत: आफ्नो Profile  फ्यान पेजमा परिवर्तन भएको पाउनुहुनेछ । :)
  

दुई पेज एक आपसमा मर्ज पनी गर्न सकिन्छ ?  

हो दुई पेज एक आपसमा मिलाएर एउटै पनी बनाउन सकिन्छ । यो सुविधा फेसवुकले लामो समयदेखी नै दिईरहेको छ ।  यसको लागी भने एउटै नाम र  Catagory हुन जरुरी छ । दुईसय भन्दा वढी लाईक भईसकेको पेजलाई रिनेम गर्न भने सकिदैन यदि दुईसय भन्दा कम लाईक भएको फ्यान पेज छ भने रिनेम गरेर पनी मर्ज गर्न चै सकिन्छ ।





मर्ज गरिदै गरिएको कुनै पेजमा जानुस्  । पेजको Admin panel हुदै Edit Setting मा जानुस्,  तपाईले 
Your Setting देख्नुहुनेछ । यहाँ क्लिक गर्नुस् । सोहि ठाउँमा Resource पनी पक्कै देख्नुहुन्छ । Merge Duplicate Pages मा क्लिक गर्नुस्, अव भने दुई पेजलाई एउटै वनाउन सफल हुनुभएको छ । । केहि घण्टामै दुई पेजको फ्यान फलोअर्स एकै ठाउँमा हुनेछन् ।  आशा छ, फेसवुक फ्यान वनाउन, हुर्काउन र वढाउन यो पोष्ठले सहयोग गर्नेछ । :)

No comments:

Post a Comment