Wednesday, July 3, 2013

प्रेश विज्ञप्ति नेकपा—माओवादी


२०६९ साल फागुन ३० गते मध्यरातमा विश्व साम्राज्यवाद र विस्तारवादी शक्ति केन्द्रहरुको गुरु योजनामा एनेकपा ९माओवादी०, नेपाली कांग्रेस तथा नेकपा ९एमाले० र मधेशी मोर्चाका बीच षड्यन्त्रमूलक गठबन्धन कायम गरी अन्तरिम संविधानको मूल मर्म र भावना विपरीत ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ प्रस्ताव पारित गर्ने धृष्टता गरियो । त्यसको लगत्तै राष्ट्रपतिद्वारा कथित बाधा अड्काउ फुकाऊको नाममा ती प्रस्तावहरुलाई निःसङ्कोच स्वीकार गरी त्यसै आधारमा सर्वोच्च अदालतका प्रधानन्यधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्षका रुपमा २०६९ साल चैत्र १ गते शपथ ग्रहण गराइयो । यो नेपाली राजनीतिको इतिहासमा एक अत्यन्तै राष्ट्रघाती, जनघाती, असंवैधानिक एवम् निन्दनीय प्रतिगमनकारी परिघटना हो र यसको हाम्रो पार्टी जोडदार विरोध एवम् तीव्र भत्र्सना गर्दछ ।

Tuesday, July 2, 2013

नेपाल सन्देश कार्ययोजना पत्र २०१३

नेपाल सन्देशको औपचारीक संचालन गरिएको लगभग २ महिना पुग्नै लागेको छ l यहाँसम्म आउदा धेरै समस्या र उत्तर चडाबबाट यसलाई सुरुवाती खुड्किलोसम्म ल्याइपुर्याईएको हो l यसले निरन्तरता पाउनुमा निरन्तर प्रयास कै कारण हो l बिचमा धारासायीको अवस्थामा पुगेता पनि अडाउने काम गरियो l कयौ समय खर्चदै यसलाई निरन्तर समाचारको रफ्तार, नेपालमा कर्मचारीलाई विश्वासमा लिदै संचालनका लागि कर्मचारीलाई नियुक्त गरिएको अवस्था हो l हिजोको दिनमा व्यक्ति व्यक्तिमा कुरा गर्दा समस्या उत्पन्न भयो सोहि अनुसार टिमलाई तितर बितर गर्नु पर्ने स्थिति आयो र गरियो पनि l

Saturday, May 25, 2013

कसरी भने नायक खलपात्र

मान्छे सम्प्रिन र बिग्रन समय लाग्दैन l नायकहरु पनि यथार्थ खलपात्रमा मोडिन सक्छ भन्ने कुरा जनयुद्व लडेका एक देश भक्त नायक बिकल्पले पर्दा पछाडी र अगाडी नायकको रुपमा आफ्नो भूमिका निभाएका व्यक्ति थिए ल उनि युद्वका नायक भएकै कारण फाइदा लिन पुगे पर्दा अगाडिको नायक जुन काल्पनिक पात्र चित्र थियो l

Saturday, May 11, 2013

ब्लगको ईमेल आईडी चेन्ज गर्न मिल्छ ? Blog Tips



"सामान्यतया व्लग आफैले सिक्दै वनाईन्छ । साधारण भन्दा साधारण डिजाईन परिवर्तन गर्न नसक्दा अथवा नाममै चित्त नवुझ्दा अव यो व्लग नै नचलाउने भन्ने सोचले नयाँ मेल आईडीवाट पनी व्लग वनाईरहेका हुन्छौ । तर पछि पुर्न सोचाई परिवर्तन हुन्छ हैन सवै व्लग चलाउने हो, खासमा त्यो पुरानो व्लगको पनी त आफ्नै महत्व छ नी ।

वरु वनाउन मिल्ने भए यी दुवै व्लगलाई एउटै ईमेल  आईडीवाट साईन अप गर्न मिल्ने वनाउने थिए ।" व्लगर डटकमवाट वनाईएको व्लगको ईमेल आईडी कसरी परिवर्तन गर्ने ? एकै आईडीवाट एक भन्दा वढी व्लग चलाउन मिल्छ कि मिल्दैन ? यस्तै जिज्ञासा तपाईमा पनी छ भने यो पोष्ट महत्वपुर्ण हुनेछ ।

“गुगल प्लस प्रयोग गर्नुभएको छैन भने एक कदम पछि पर्नुभो”



- दैनिक ईन्टरनेट चलाउनुहुन्छ भने तपाईको लागी गुगल भन्या के भन्ने कुरै भएन । हामीलाई जत्तिखेर ईन्टरनेटमा केहि कुरा खोजी गर्नुपर्ने हुन्छ  तत्कालै गुगल गरिहाल्छौ अर्थात गुगलमा सर्च गर्ने काम गरिरहेका हुन्छौ । गुगललाई ईन्टरनेटको वादशाहपनी भनिन्छ । सर्च ईन्जिन गुगलले सन् २०११ वाट सामाजिक सञ्जाल गुगल प्लस सुरु गरेसँगै यसको महत्व निकै वढ्दै गईरहेका छ ।

व्लग तथा ईन्टरनेट सर्चसगँ सम्वन्धीत व्यवसायीहरुले गुगल खोजीमा अग्रडी भुमिका खेल्नको लागी गुगल प्लसको प्रयोग पनी अनिवार्य जस्तै वन्दै गईरहेको छ ।

यी हुन् 'उत्कृष्ट अनलाईन विज्ञापनदाता कम्पनीहरु' Best online Advertising agency



 अनलाईन विज्ञापनको महत्व धेरै नै छ । अनलाईन विज्ञापन एजेन्सी मार्फत गरिएको प्रचार प्रसार  छिनभरमै विश्व व्यापी भईरहेको हुन्छ  । यसै कारणले पनी संकलिन विज्ञापनहरु Ads Agency ले विश्वका व्लग बेवसाईटमा  राख्ने अनुमती दिईरहेका हुन्छन् त्यस्तै उनीहरुले  विज्ञापन राखिदिएवापत निश्चित मापदण्डमा पैसा पनी भुक्तानी गर्ने काम गरिरहेका छन् ।

ब्लग कसरी वनाउने ? Blog Tips




ईमेलमा एउटा मेल आयो , लेखिएको थियो , तपाईको व्लग म पढ्छु ,   व्लग भन्या के ?  किन व्लग लेख्ने ? कसरी पैसा कमाउन सकिन्छ ? के कस्ता कुरामा ध्यान दिने ?  क-कसले कमाई गरिरहेका छन् ,  लगायत जानकारी थियो । सवै पोष्टहरु उत्तिकै महत्वपुर्ण थिए तर एउटा कुरा कसरी व्लग वनाउने त ? स्टेप वाई स्टेप सिकाएको भए राम्रो हुने थियो । 

~मेरा कुरा ~