Saturday, May 11, 2013

ब्लगको ईमेल आईडी चेन्ज गर्न मिल्छ ? Blog Tips



"सामान्यतया व्लग आफैले सिक्दै वनाईन्छ । साधारण भन्दा साधारण डिजाईन परिवर्तन गर्न नसक्दा अथवा नाममै चित्त नवुझ्दा अव यो व्लग नै नचलाउने भन्ने सोचले नयाँ मेल आईडीवाट पनी व्लग वनाईरहेका हुन्छौ । तर पछि पुर्न सोचाई परिवर्तन हुन्छ हैन सवै व्लग चलाउने हो, खासमा त्यो पुरानो व्लगको पनी त आफ्नै महत्व छ नी ।

वरु वनाउन मिल्ने भए यी दुवै व्लगलाई एउटै ईमेल  आईडीवाट साईन अप गर्न मिल्ने वनाउने थिए ।" व्लगर डटकमवाट वनाईएको व्लगको ईमेल आईडी कसरी परिवर्तन गर्ने ? एकै आईडीवाट एक भन्दा वढी व्लग चलाउन मिल्छ कि मिल्दैन ? यस्तै जिज्ञासा तपाईमा पनी छ भने यो पोष्ट महत्वपुर्ण हुनेछ ।



एकै ईमेल आईडीवाट एक भन्दा वढी व्लग चलाउदाकोफाईदा:
~ समयको वचत हुन्छ । 
~ साईन अप र साईन आउट गरिरहनुपर्ने झन्झट हुदैन ।
~ दुवै व्लगको वारेमा वारम्वार तुरुन्तै जानकारी लिन सकिन्छ ।
~ पासवर्ड चोरी र ह्याकिङवाट व्लग सुरक्षित राख्न टु स्टेप भेरिफिकेशन गर्न सकिन्छ ।

टु स्टेप भेरिफिकेशन भनेको के हो ? पढ्नुस् । 

दुई भिन्न भिन्नै आईडीको व्लग एकैठाउँमा लैजादै हुनुहुन्छ हैन त ?  
अघिल्लो पोष्टमा  व्लग कसरी वनाउने नामको व्लग वनाएको थिए  । सो व्लगलाई अर्को ईमेल आईडीमा वसाई सादैछु । डेमो हेरौ । 

ईमले आईडी राखेर व्लग साईन अप गर्नुस् । तपाईले दायाँतर्फ लहरमै Blog use tools देख्नुहुन्छ । सवैभन्दा तल Setting देख्नुहुनेछ । त्यहाँ क्लिक गर्नुस् ।

No comments:

Post a Comment