Saturday, May 11, 2013

वाईफाईको पासवर्ड कसरी थाहा पाउने ?


हातमा पैसा मुठ्याएर पैसा हरायो भनेर जती फनफनी घुम्दापनी  नभेटेको जस्तै आफ्नै ल्यापटपमा पासवर्ड हुन्छ तरपनी तरिका नजान्दा भनेको वेला काम टार्न सकिरहेको हुईदैन । वाईफाईको पासवर्ड के हो ? हेर्दे-हेर्दे भनेर कसैले काम अह्राउन पनी सक्छन् । त्यस्तो समयमा वाईफाई पासवर्ड हेर्ने तरिका जानि राखियो भने निकै प्रभावकारी हुनसक्छ । धेरै लामो तरिका नै छैन । दुई चार माउस क्लिक गर्नासार्थ पासवर्ड के रहेछ चाल पाउन सकिन्छ । कसरी वाईफाईको पासवर्ड थाहा पाउने छ ? म विण्डोज ८ अपरेटिङ सिस्टमको ल्यापटपवाट पासवर्ड हेदैछु । 


                               सवैभन्दा पहिल्य दाहिनेतर्फ ईन्टरनेट कनेक्सनमा क्लिक गर्नुस् । 

                                      क्लिक गर्नासाथै तपाईले वाईफाई कनेक्ट भएको साईन देख्नुहुन्छ ।

कनेक्ट भएको नामलाई राईट क्लिक गर्नुस् त्यहाँ तपाईले View Connection Properties  देख्नुहुन्छ । 


 View Connection Properties लाई क्लिक गर्नुभयो भने Network Security Key देख्नुहुन्छ ।
अव Show Character गर्नुभयो भने मात्रै पनी वाईफाईको पासवर्ड थाहा पाउन सक्नुहुन्छ । आशा छ छोटो मिठो यो तरिका तपाईको लागी प्रभावकारी नै हुनेछ ।

No comments:

Post a Comment